असार १७ काठमाडौं । आइएमई जनरल इन्स्योरेन्स लिमिटेड र काठमाडौं प्याथ ल्याब र डाग्नोस्टिक सेन्टर बिच सेवा प्रदान गर्ने सम्झौता भएको छ । उक्त सम्झौता पत्रमा आइएमई जनरल इन्स्योरेन्स लिमिटेडका नायव प्रमुख कार्यकारी अधिकृत श्री शरण शरण रेग्मी र काठमाडौं प्याथ ल्याब र डाग्नोस्टिक सेन्टरका प्रमुख कार्यकारी अधिकृत श्री पुष्प लामिछानेले हस्ताक्षर गरे ।
यस सम्झौता पश्चात आइएमई जनरल इन्स्योरेन्स लिमिटेडका कर्मचारी, शेयरधनी तथा ग्राहकहरुलाई काठमाडौं प्याथ ल्याब र डाग्नोस्टिक सेन्टर महाराजगंज, काठमाडौंमा प्राप्त हुने सबै किसिमका सेवाहरुमा आकर्षक छुट प्राप्त हुने हुनाले आइएमई जनरल इन्स्योरेन्स लिमिटेडका सम्पुर्ण कर्मचारी, लगानीकर्ता तथा ग्राहकमहरुले आवश्यकता अनुसारका सेवा प्राप्त गर्न सक्ने संस्थाले जनाएको छ ।
साथै सोही अवसरमा आइएमई जनरल इन्स्योरेन्स लिमिटेडका नायव प्रमुख कार्यकारी अधिकृत रेग्मीले काठमाडौं प्याथ ल्याब र डाग्नोस्टिक सेन्टरसँग आवद्ध लगानीकर्ता, कर्मचारी तथा ग्राहकहरुलाई आवश्यक पर्ने निर्जीवन बीमा सम्बन्धी सम्पुर्ण सेवाहरु आइएमई जनरल इन्स्योरेन्स लिमिटेडबाट सहज रुपमा प्राप्त गर्न सक्ने जानकारी गराए ।
.jpg)


