भाद्र ७ काठमाडौं । कस्तुरीको बीणा र चितुवाको छालासहित दाङका दुई छुट्टाछुट्टै स्थानबाट प्रहरीले ५ जनालाई पक्राउ गरेको छ ।
बीणासहित पक्राउ पर्नेमा घोराहीको होटेल टुडे प्लाजाबाट घोराही ७ का मोहन बुढा र प्युठानका मदन केसी रहेका छन् । जिल्ला प्रहरी कार्यालय दाङका प्रहरी प्रमुख सुरेश काफ्लेले बिनाको तौल ३१ ग्राम २ सय मिलिग्राम रहेको बताए । प्रहरीले दुवै अभियुक्तलाई जिल्ला वन कार्यालयको जिम्मा लगाएको छ ।
त्यसैगरी अर्को घटनामा प्रहरीले चितुवाको तीनवटा छालासहित तीनजनालाई पक्राउ गरेको छ । प्रहरीका अनुसार बैतडीका प्रदीपकुमार विक, विमल औजी र हेमन्त औजी अमिलियाबाट पक्राउ परेका हुन् ।
.jpg)


