असार १७ हेटौंडा । राष्ट्रिय प्रजातन्त्र पार्टी मकवानपुरले हेटौंडा उप-महानगरपालिकालाई बुझाएको ६ बुदे ज्ञापनपत्र र नेपाल सरकार , प्रधानमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालयमा बुझाएको २२ बुंदे ज्ञापनपत्रको कार्यान्वयन गर्न दबाब स्वरुप राँके जुलुस प्रदर्शन सहितको बिरोध कार्यक्रम गरेको छ । हेटौंडा उपमहानगरपालिकामा
१) अबिलम्ब स्व. श्री ५ महाराजाधिराज बिरेन्द्र वीर बिक्रम शाहदेवको शालीकको मर्मत संभार गरी बाटिका व्यवस्थापन गरि सर्वसाधारणको लागी सहज हुने गरी खुला गर्नु पर्ने ।
(२) ठेक्का सम्झौता अनुसारको भवन हेटौंडा अस्पतालको परिसरमा निर्माण स्थानान्तरण गरीयोस र हेटौंडा अस्पताललाई हस्तान्तरण गर्नु पर्ने ।
(३) हुप्राचौरको क्षेत्र भित्र पर्ने भत्काईएको ज्ञानेन्द्र सभागृहमा रहेका भग्नावशेष हटाई बिपद परेको अबस्थामा खुला अाश्रय स्थल नभएको र हेटौंडाको शहरि क्षेत्र भित्र एक मात्र खुल्ला चउर भएकोले व्यायाम तथा योग गर्ने गरि कुनै पनि स्थाई संरचना खुला चौरलाई असर नपर्ने गरि कायम गर्नु पर्ने ।
(४) कुनै पनि उप महानगरपालीकाको स्वामित्वमा रहेका वा भोगचलनमा ऐन नियमबाट प्राप्त हुने तथा भएका जमिन तथा भवनहरुको विवरण सार्वजनिक गरीनु पर्ने । सो जमिनहरु कुन कुन प्रयोजन , प्रकृयाबाट प्रयोग भैरहेको र कुन कुन प्रकृयाबाट भाडामा लगाईएको सार्वजनिक गरीनु पर्ने ।
(५) हेटौंडा अस्पताललाई सम्पुर्ण बिशेषज्ञ सहित ५०० शैयाको अस्पताल निर्माण तथा सञ्चालन गर्न आबश्यक पुर्वाधार तथा अन्य सहयोग उपलब्ध गराउनु पर्ने ।
(६) महिलाहरुको स्तन तथा पाठेघर क्यान्सर र पुरुषहरुमा देखिएको फोक्सो लगायतका क्यान्सरहरुको नि:शुल्क परिक्षण र उपलब्ध भए खोपको व्यवस्था गर्नु पर्ने ।

६ बुदे ज्ञापनपत्र हेटौंडा उप-महानगरपालिकालाई उप-मेयर राजेश बाँनियालाई बुझाएको यस बिषयमा बाँनियाले सकारात्मक धारणा राखेको बताए पनि ठोक कुनै कदम न चालिएको बताईएको छ । भने बेरोजगारी, मंहगी, भ्रष्टाचार एवम् मुल्यबृद्धी बिरुद्धको आन्दोलन तथा दवाबमुलक कार्यक्रम मा प्रमुख जिल्ला अधिकारी मार्फत नेपाल सरकार, प्रधानमन्न्री तथा मन्त्रीपरिषद को कार्यलयलाई ज्ञापन-पत्र बुझाइ सके पश्चात राप्रपाले राखेको २२ बुंदे माग कार्यन्यवन तर्फ सरकार उदासिन रहेकोले दोश्रो चरणको कार्यक्रम अन्तरगत आज हेटौंडामा भएको विशाल रांके जुलुस कार्यक्रम भव्यताको साथ सम्पन्न भएको जानकारी दिदै सहभागी सम्पुर्णमा धन्यवाद राप्रपा मकवानपुरका प्रवक्ता अायुष कुमार डोटेलले जानकारी दिए ।
राँके जुलुस सहितको कोण सभामा बागमति प्रदेश सचिव गुञ्जन बहादुर न्यौपाने , कार्य बाहक जिल्ला अध्यक्ष सागर थापा , राष्ट्रिय प्रजातान्त्रिक बिधार्थि संगठनका जिल्ला अध्यक्ष प्रकाश चौलागाईं र हेटौंडा उप-महानगरपालिका कार्यसमिति उपाध्यक्ष शुक्र प्रजाले सम्बोधन गर्दै ज्ञापन पत्रको बिषयमा हेटौंडा उप-महानगरपालीकाले सम्बोधन र माग पूरा नगरे झन कडा अान्दोलनका कार्यक्रम सार्वजनिक गरिने र नेपाल सरकारले पनि हाम्रा माग पूरा गर्न अानाकानि गरे सरकारमा रजगज गर्नेहरुलाई जनताले सडकबाट नछाड्ने चेतावनि दिएका थिए ।
.jpg)


