आइतबार, कार्तिक १६ गते २०८३
images
images

पत्रकारलाई लागूऔषध राखेर फसाएका दुई प्रहरीहरु निलम्बित

एक्सप्रेस पाना
भाद्र ७, २०७८ सोमबार
  • 308
    SHARES
  • पत्रकारलाई लागूऔषध राखेर फसाएका दुई प्रहरीहरु निलम्बित

    भाद्र ७ रौतहट । सादा पोसाकमा खटिने प्रहरी (घुमुवा)ले लागूऔषध राखेर पत्रकारलाई फसाएको पुष्टि भएपछि दुईजना प्रहरी पक्राउ परेका छन् । लागुऔषध ‘प्लटिङ’ गरेको आरोपमा प्रहरीले धीरज यादव र जितेशकुमार यादवलाई पक्राउ गरेको हो ।

    images

    रौतहटबाट सञ्चालित ‘रौतहट एक्सप्रेस’का पत्रकार महम्मद मोजिबुल्लाह र शेख गुलाबलाई १०५ ट्याब्लेट लागूऔषध नाइट्राभेटसहित पक्राउ गर्ने दुईजना प्रहरी प्रहरी सहायक निरिक्षक (असई) उदयप्रसाद यावद र जवान मनोज शाहलाई निलम्बन गरिएको रौतहटका एसपी सिद्धिविक्रम शाहले बताएका छन् । 

    पत्रकार महासंघ रौतहट शाखाका सह–सचिव सञ्जय सहनीले धीरज यादव र जितेशकुमार यादवलाई प्रयोग गरी मोजिबुल्लाह चढ्ने मोटरसाइकलमा लागूऔषध राख्न लगाएको प्रहरीको छानबिनबाट थाहा भएको छ । सह–सचिव सहनी फरार छन् ।  

    images

    लागूऔषध राखेपछि सञ्जयले असई यादव र जवान मनोज शाहलाई बोलाएर पक्राउ गर्न लगाएको बताइएको छ । धीरज र जितेशविरुद्ध आपराधिक षड्यन्त्रसन्बन्धी कसुरमा प्रहरीले अदालतबाट म्याद लिएर अनुसन्धान सुरु गरेको छ ।

    साउन ३२ मा साँझ ८ बजे रौतहटको गौर नगरपालिका–१ स्थित होटल ग्रिन सिग्नलबाट निस्केका ईशनाथ नगरपालिका–८ घर भएका मोजिबुल्लाह र राजपुर नपा–७  घर भएका शेख गुलाबलाई प्रहरीले पक्राउ गरेको थियो । 
    मोजिबुल्लाहले पार्किङ गरेर राखेको बिआर–३० एस १८८५ नम्बरको भारतीय मोटरसाइकलमा १०५ ट्याब्लेट लागूऔषध नाइट्राभेट प्रहरीले ‘प्लटिङ’ गरेको जिल्ला प्रहरी कार्यालय रौतहटले गरेको छानबिनबाट पुष्टि भएको छ ।