आइतबार, कार्तिक १६ गते २०८३
images
images

फेरि बढ्यो पेट्रोलको मूल्य , कति प्रतिलिटर ?

एक्सप्रेस पाना
भाद्र ७, २०७८ सोमबार
  • 317
    SHARES
  • फेरि बढ्यो पेट्रोलको मूल्य , कति प्रतिलिटर ?

    भाद्र ७ काठमाडौं । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य फेरि वृद्धि गरेको छ । सोमबार राति १२ बजेदेखि लागू हुने गरी निगमले डिजेल, पेट्रोल र मटिटतेलसहित खाना पकाउने ग्यासको मूल्यमा वृद्धि गरेको हो ।

    images

    निगमका प्रवक्ता विनितमणि उपाध्यायका अनुसार राति १२ बजेपछि डिजेल, पेट्रोल र मटिटतेल प्रतिलिटर २ रुपैयाँले बढेको छ ।

    पेट्रोलियम पदार्थका मूल्य वृद्धि भएसँगै पेट्रोल प्रतिलिटर १३० रुपैयाँ, डिजेल तथा मटितेल ११३ रुपैयाँ र हवाई इन्धन ८६ रुपैयाँ कामय भएको छ ।

    images

    एलपी ग्यास प्रति सिलिण्डर २५ रुपैयाँ बढेर १ हजार ४५० पुगेको छ ।