असार २० काठमाडौ । नेकपा (एकीकृत समाजवादी) निकट युवा संघ नेपालका अध्यक्ष नरेश शाहीले हिमाल आरोही लालवहादुर जिरेललाई संघको तारा अंकित झण्डा हस्तान्तरण गरेका छन् ।
सोमबार संघको केन्द्रीय कार्यालय बुद्ध नगरमा आयोजित कार्यक्रममा अध्यक्ष शाहीले आरोही जिरेललाई आरोहणको सफलताको शुभकामना सहित झण्डा हस्तान्तरण गर्नुभएको हो ।
सर्वोच्च शिखर सगरमाथा सहित साना ठूला थुप्रै हिमालको सफल आरोहण गरिसक्नुभएका हिमाल आरोही जिरेल किर्गिस्तानको लेनिन पिक चढ्न किर्गिस्तान जान लाग्नुभएको र उक्त हिमालमा पार्टीको चुनाव चिन्ह कलम र युवा संघको झण्डा फहराउने इच्छा ब्यक्त गर्नुभएकोले उहॅालाई झण्डा हस्तान्तरण गरिएको संघका महासचिव दिपक जीएमले बताए ।
एकीकृत समाजवादीको बाग्मती प्रदेश सम्पर्क समन्वय कमिटीका सदस्य समेत रहनु भएका जिरेल प्रसिद्ध हिमाल आरोही हुन । स्थानीय निर्वाचन २०७९ मा जिरी नगरपालिका वडा नं. ४ मा वडा अध्यक्षको उम्मेद्वार समेत रहनु भएका उहाँले यस अघि सर्वोच्च शिखर सगरमाथा २ पटक आरोहण गरि सकेका छन् ।
उहाँले मनास्ल हिमाल एक पटक,आमा डवलम ३ पटक पुमरी एक पटक,मेरा पिक ५ पटक सिंगा चुली एक पटक,टेनपिक २ पटक ,दम्पोस पिक एक पटक ,लार्के पिक एक पटक,अम्विगेप्चेन एकपटक,आइसल्याण्डपिक एक सय २० पटक लवुजेपिक ३० पटक,सोलु पिक एक पटक,लाङसिसरी एकपटक,नयाँकाङ ३ पटक,एलापिक ३ पटक,रमुदङ एक पटक,खाम्सेकु एक पटक लगायत २६ वढी हिमाल रोहण गरीसकेका छन् । नेपाल वाहक किर्गिस्थानको लेनिन पिक यस अघि पनि चढी सकेका छन् ।
झण्डा हस्तान्तरण कार्यक्रममा संघका महासचिव जिएम, उपमहासचिव अशोक दहाल, प्रवक्ता सन्जिप राइ, कार्यलय प्रमुख नरेश गिरि, कोषध्यक्ष दिपक दुवादी, स्थाइ कमिटी सदस्य रेखा लोप्चन, विशाल खत्री लगायतको उपस्थिति थियो ।
अध्यक्ष शाहीले दोलखा जिरी निवासी जिरेललाई आरोहण सफलताको हार्दिक शुभकामना सहित नेपालको पहिचान गराउन गरेको प्रयासको प्रशंसा गर्नुभयो ।
.jpg)


