आइतबार, कार्तिक १६ गते २०८३
images
images

सिरी ‘ए’ : मिलानको विजयी सुरुवात

एक्सप्रेस पाना
भाद्र ८, २०७८ मंगलबार
  • 295
    SHARES
  • सिरी ‘ए’ : मिलानको विजयी सुरुवात

    एजेन्सी । इटालियन सिरी ‘ए’मा फुटबल प्रतियोगिता अन्तर्गत नयाँ सिजनको खेलमा एसी मिलानले विजयी सुरुवात गरेको छ । 

    images

    सोमबार राति आफ्नो पहिलो खेल खेलेको मिलानले साम्पोडोरियामाथि १–० गोलको कठिन जित निकाल्दै सुखद सुरुवात गरेको हो। 

    साम्पोडोरियाको घरेलु मैदानमा भएको खेलमा पाहुना टोली मिलानलाई जिताउन ब्राहिम डियाजले निर्णायक गोल गरे । उनले खेलक‍ो नवौं मिनेटमा गरेको गोल नै मिलानलाई जितका लागि पर्याप्त बन्यो ।

    images

    त्यस्तै यस खेलबाट ओलिभर जिराउडले डेब्यु गरेका छन् । उनी यसै सिजन लण्डन क्लब चेल्सी छोडेर इटाली आएका हुन् । 

    उक्त जितसँगै मिलानले महत्त्वपूर्ण तीन अङ्क जोडेको छ । यता पराजित साम्पोडोरियाले भने हारबाट प्रतियोगिताको सुरुवात गरेको छ ।