बुधबार, कार्तिक १९ गते २०८३
images
images

नेकपा (एकीकृत समाजवादी) दोलखामा नया नेतृत्व, अध्यक्ष भिम दहाल-सचिव असोक

एक्सप्रेस पाना
आषाढ २२, २०७९ बुधबार
  • 380
    SHARES
  • नेकपा (एकीकृत समाजवादी) दोलखामा नया नेतृत्व, अध्यक्ष भिम दहाल-सचिव असोक

    असार २२ काठमाडौं । नेकपा एकीकृत समजबादी दोलखा जिल्ला कमिटी पुनर्गठन गरिएको छ । पार्टी केन्द्रिय कार्यलय आलोकनगरमा बसेको एकिकृत समाजवादी दोलखा जिल्लाबाट प्रतिनिधित्व गर्ने पार्टी  केन्द्रीय सदस्यहरू, केन्द्रीय आयोग सदस्यहरू, प्रदेश सदस्यहरू, दोलखा जिल्ला कमिटी पदाधिकारी ,जनवर्गिय संगठन केन्द्रीय पदाधिकारी र सम्पर्क मञ्च नेतृत्वको विशेष बैठकबाट दोलखा जिल्ला कमिटीलाई पुनर्गठित गर्ने निर्णय गरेको हो।

    images

    पुनर्गठन गरिको जिल्ला कमिटीको अध्यक्षमा भिम प्रसाद दहाल,उपाध्यक्ष प्रोण प्रताप केसी र घनश्याम रिजाल,सचिवमा अशोक दहाल, उपसचिवमा हरिहर कार्की र संगिता पाख्रिन चयन भएका छन् ।

    नेकपा एकीकृत समाजाबादी दोलखाको पदाधिकारीमा नयाँ युवा अनुहार हरु थपिएका छ्न। अध्यक्ष दहाल, उपाध्यक्षहरु प्रोण प्रताप केसि र घनश्याम रिजाल यस अघिको जिल्ला कमिटीको सचीव र उपसचिव को जिम्मेवारी सम्हालेका पदाधिकारी नै हुन भने सचीव अशोक कुमार दहाल युवा संघ नेपालका केन्द्रिय उपमहासचिव भइ केन्द्रिय राजनीति गरेका प्रभावशाली युवा नेता हुन त्यसैगरी उपसचिव हरिहर कार्की पार्टीको दोलखा काठमाडौ संपर्क मंचका अध्यक्ष हुन भने अर्का उपसचिव संगिता पाख्रीन अनेमसंघ को केन्द्रिय सदस्य तथा स्थानीय तहको निर्वाचन मा पार्टीको तर्फबाट भिमेश्वर नगरपालिकाको उपमेयर पदमा उम्मेद्बार भइ झिनो मतान्तरले पराजित भएकी सक्रिय महिला नेत्री हुन।

    images