आइतबार, कार्तिक १६ गते २०८३
images
images

किशोरीको बलात्कारपछि हत्या गर्ने अभियुक्त एक बर्षपछि पक्राउ

एक्सप्रेस पाना
भाद्र ८, २०७८ मंगलबार
  • 268
    SHARES
  • किशोरीको बलात्कारपछि हत्या गर्ने अभियुक्त एक बर्षपछि पक्राउ

    भाद्र ८ काठमाडौं । एक वर्षअघि कास्कीमा एक किशोरीका बलात्कारपछि हत्या गरेर फरार रहेका अभियुक्त पक्राउ परेका छन् ।

    images

    कास्कीको मादी गाउँपालिका–९ सिप्लेबेसी घर भइ हाल सोही गाउँपालिका–१०, मकैखोला बस्दै आएकी १७ वर्षीया किशोरीको बलात्कारपछि हत्या गरेर फरार रहेका स्याङ्जाको हरिनास गाउँपालिका–६, चालिसे निवासी ४५ वर्षीय मोटे भनिने खड्गबहादुर खवासलाई स्याङजाको पुतली बजारबाट प्रहरीले पक्राउ गरेको हो ।

    गत वर्ष असार १५ गते किशोरी घरैबाट हराएकी थिइन्। हराएको १० दिनपछि उनको शव मादी गाउँपालिका–११ मा भेटिएको थियो । उक्त ठाउँमा ज्यामी काम गर्दै आएका खवासले ती किशोरीसँग अवैध यौन सम्बन्ध राख्दै आएका र त्यसको पोल खुल्ने डरले उनले किशोरीको हत्या गरेका प्रहरीले जनाएको छ।

    images