आइतबार, कार्तिक १६ गते २०८३
images
images

इन्द्रावती तेस्रो जलविद्युत आयोजनाको ड्याम साईडमा पहिरो

एक्सप्रेस पाना
भाद्र ८, २०७८ मंगलबार
  • 217
    SHARES
  • इन्द्रावती तेस्रो जलविद्युत आयोजनाको ड्याम साईडमा पहिरो
    भाद्र ८ सिन्धुपाल्चोक । पाँचपोखरी थाङ्पाल गाउँपालिका वडा नं. ८ लाँगर्चे इन्द्रावती तेस्रो जलविद्युत आयोजनाको ड्याम साईडमा ठुलो पहिरोका गएको छ। गएराति करिब ९ बजे पहिरो देखि आएको पहिरोमा मेगा बैंकमा कार्यरत कर्मचारीको एक मोटरसाइकल पुरिएको छ, भने मानविय क्षति भने नभएको स्थानिय राजन भुजेलले जानकारी दिनुभयो ।
     
    अहिले पनि पहिरो निरन्तर खसिरहेकाले जोखिम रहेको जलविद्युत आयोजनाका प्रमुख मानोलक श्रेष्ठले जानकारी दिनुभयो । निरन्तरको बर्षा पछि आएको पहिरोले मेलम्ची भेताङ्ग जोड्ने मोटरबाटोमा पनि क्षति पुगेको छ । यस क्षेत्रमा पैदल हिंड्न् समेत अति डरमर्दो अवस्था रहेको भुजेलले बताउनुभयो ।
     
    असार १ र त्यसपछिका बाढी पहिरोले यस सडकमा यातायातका साधन चलेका छैनन । पहिरो ठुलो भएको ,पुल बगाएको तथा जताततै सडक क्षति भएकाले मर्मतमा समस्या भएको गाँउपालिकाले जनाएको छ । तस्बीर रेडियो मेलम्चीबाट साभार