बुधबार, कार्तिक १९ गते २०८३
images
images

दुई विधेयक प्रमाणीकरण

एक्सप्रेस पाना
आषाढ २४, २०७९ शुक्रबार
  • 236
    SHARES
  • दुई विधेयक प्रमाणीकरण

    असार २४ काठमाडौं । बिरुवा संरक्षण ऐन, २०६४ लाई संशोधन गर्न बनेको विधेयक र बीउबिजन ऐन, २०४५ लाई संशोधन गर्न बनेको विधेयक आज प्रमाणीकरण भएका छन् । 
     
    सङ्घीय संसद्को प्रतिनिधिसभा र राष्ट्रियसभाको बैठकबाट पारित भई प्रमाणीकरणका लागि राष्ट्रपतिको कार्यालयमा उक्त दुई विधेयक पेश भएका थिए । 
     
    संविधानको धारा ११३ को उपधारा ९२० बमोजिम राष्ट्रपति विद्यादेवी भण्डारीले उक्त दुई विधेयक आज प्रमाणीकरण गर्नुभएको हो । 

    images