भाद्र ८ काठमाडौं । धनुषाको मिथिला बिहारी नगरपालिका ५ ललियाका ३० वर्षीय भागेश्वर मण्डलले आफ्नो बुवा र श्रीमतीको हत्या गरेका छन् । ५५ वर्षीय बुवा रामवृक्ष मण्डल र श्रीमती २१ वर्षीया अम्बिका मण्डलको हत्या गरी शव आँप बगैंचामा खाडल खनी गाडेको अवस्थामा फेला परेको छ ।
घरायसी विवादले उग्ररूप लिएपछि छोराबाटै आफ्ना बुवा र श्रीमतीलाई निर्मम हत्या गरिएको प्रहरीले जनाएको छ । घरबाट रामवृक्ष र बुहारी अम्बिका एक्कासी बेपत्ता भएपछि स्थानीयवासीहरूले खोजतलास गरेका थिए । सोही क्रममा गाउँकै आँप बगैंचामा खाडल खनी पुरेको र त्यो वरिपरि रगत लागेको देखेपछि प्रहरीलाई जानकारी गराएको धनुषाका प्रहरी उपरीक्षक प्रकाश रानाभाटले जानकारी दिए। घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।
.jpg)

