आइतबार, कार्तिक १६ गते २०८३
images
images

पोखरा-बेलापुर सडक अवरुद्ध हुँदा स्थानीयको दैनिकी कष्टकर

एक्सप्रेस पाना
भाद्र ८, २०७८ मंगलबार
  • 845
    SHARES
  • पोखरा-बेलापुर सडक अवरुद्ध हुँदा स्थानीयको दैनिकी कष्टकर

    भाद्र ८ डडेलधुरा । लगातार आएको अविरल वर्षाले डडेलधुराको पोखरा–बेलापुर सडक खण्ड अवरुद्ध भएको छ । विगत एक सातादेखि पोखरा–बेलापुर अवरुद्ध हुँदा स्थानीयको दैनिकी भने कष्टकर बनेको छ ।

    images

    पोखरा–बेलापुर सडक खण्डको जिरो प्वाइन्टदेखि दर्जनौँ पहिरो गएको तर अहिले सम्म खोल्न नसकिएको स्थानीयवासी वीरबहादुर जानकारी दिए ।  नवदुर्गा गाउँपालिका–१ असुर्पासम्म ५/६ ओटा ठूलो पहिरो छन् । जसले गर्दा यातायातका साधन ठप्प भएका छन् । 

    सडक अवरुद्ध हुँदा तरकारी तथा दूध विक्री वितरणका साथै हिँडडुल गर्नसमेत स्थानीयलाई समस्या भएको उहाँको भनाई छ ।  
    तर, नवदुर्गा–१ का वडाध्यक्ष भीम बोहराले सडक खुलाउनका लागि ठेकेदारलाई आग्रह गरिएको बताए पनि अहिले सम्म सडक खुल्ने कुनै सुरसार देखिएको छैन । 

    images