बुधबार, कार्तिक १९ गते २०८३
images
images

पालुङटार नगरप्रमुख चिन्तन र पार्टी अध्यक्ष प्रचण्डबीच भेटवार्ता, यी बिषयमा भयो सहमति

एक्सप्रेस पाना
आषाढ २७, २०७९ सोमबार
  • 483
    SHARES
  • असार २७ काठमाडौं । गोरखाको पालुङटार नगरपालिकाका नगरप्रमुख बिबश चिन्तन र पार्टी अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड)बीच भेटवार्ता भएको छ । 

    images

    भेटमा पालुङटार नगरपालिकाको समग्र बिकासका केन्द्रको तर्फबाट पहल गरिदिन ध्यानकर्षण गराउनु भएको छ ।

    यस्तै उपप्रमुख बन्दना पाण्डेसंगै अध्यक्ष प्रचण्डलाई भेट्न खुमलटार पुग्नु भएका प्रमुख चिन्तनले बर्षेनी बाढी र पहिरोबाट क्षति पुग्ने गरेको पालुङटार नगरपालिकाको दिर्घकालिन समस्या समाधानका लागि केन्द्रको तर्फबाट आबश्यक पहल गरिदिन आग्रह गर्नुभयो ।

    images

    ‘पालुङटारले बर्षेनी बिपतको सामना गरिरहनु परेको छ, नगरप्रमुख चिन्तनका स्वकिय सचिव असोक मरहठ्टाले भन्नुभयो, बाढीको नियन्त्रणका लागि त्यस क्षेत्रमा तटबन्धन निर्माणका गर्न केन्द्रको तर्फबाट अलि बढी बजेट छुट्याउनका लागि पहल गरिदिने बिषयमा छलफल भयो ।’पालुङटार नगरपालिकाको खार खोला, चित्रे खोला, खहरे खोलामा आउने बाढीले हरेक बर्ष क्षति पु¥याउने गरेको छ ।

    गएको आर्थिक बर्षदेखि नै त्यस क्षेत्रमा बाढी नियन्त्रणका लागि काम सुरु भइसकेको भएपनि पर्याप्त बजेटको अभावमा समस्या हुदैँ आएको छ । आगामी आर्थिक बर्षका लागि ति क्षेत्रमा बाँध नियन्त्रणका लागि ३ करोड रुपैयाँ बजेट बिनियोजन भएको छ ।

    त्यस्तै पालुङटार नगरपालिकालाई स्मार्ट सिटीको रुपमा बिकास गर्ने चर्चा भएपनि काम सुरु हुनु नसकेको भन्दै अध्यक्ष प्रचण्डको ध्यानकर्षण गराइएको उहाँले बताउनुभयो ।

    जिल्लाकै एक मात्र पालुङटार एयरपोर्टको मर्मत स्तरोन्नती तथा सञ्चालनका प्रक्रियालाई पनि संघिय सरकारले जोड दिनु पर्नेमा अध्यक्ष प्रचण्डको ध्यानकर्षण गरिएको उहाँको भनाई छ । भेटमा अध्यक्ष प्रचण्डले नगरपालिकाको बिकासका लागि आबश्यक पहल गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो जनाएको छ ।