बुधबार, भाद्र २४ गते २०८३
images

टेलिकमले ल्यायो अन-नेट अनलिमिटेड भोइस कल अफर

एक्सप्रेस पाना
आषाढ २८, २०७९ मंगलबार
  • 382
    SHARES
  • टेलिकमले ल्यायो अन-नेट अनलिमिटेड भोइस कल अफर

    असार २८ काठमाडौं । पोस्टपेड ग्राहक पछि नेपाल टेलिकमले आफ्नो स्प्रिङ अफर अन्तर्गत प्रिपेड प्रयोगकर्ताको लागि पनि नयाँ अफर ल्याएको छ । 

    images

    ‘सजिलो अनलिमिटेड प्रिपेड प्याक’ नाम दिइएको यो अफर अन्तर्गत नेपाल टेलिकमका प्रिपेड प्रयोगकर्ताहरूले अनलिमिटेड भ्वाइस कल गर्न सक्नेछन् ।

    यो अफर अन्तर्गत प्रयोगकर्ताले ५९९ रुपैयाँमा नेपाल टेलिकम कै नम्बरमा अनलिमिटेड भ्वाइस कल गर्न सक्नेछन् भने नेपाल टेलिकम बाहेक अन्य नेटवर्कमा २५० मिनेट सम्म भ्वाइस कल गर्न सक्नेछन् । यो सेवा सुचारु भएको २८ दिन सम्म लागू हुनेछ । प्रयोगकर्ताले ८१४१५३ डायल गरेर यो सेवा सुचारु गर्न सक्नेछन् । 

    images

    यसैगरी डेटा तर्फ भने ‘एड अन प्याक’ अफर अन्तर्गत प्रयोगकर्ताले  २८ दिन सम्म मान्य हुने गरी २८ जीबी डेटा २९९ रुपैयाँमा नै खरिद गर्न सक्नेछन् । यो डेटा प्रति दिन १ जीबी प्रयोग गर्न सकिनेछ । यसको लागि भने ८१४४२३ डायल गरेर सेवा लिन सकिन्छ । यी दुवै सेवा नेपाल टेलिकमको एप मार्फत पनि सुचारु गर्न सकिन्छ ।

  • सम्बन्धित विषय:

  • # नेपाल टेलिकम