आइतबार, कार्तिक १६ गते २०८३
images
images

हिमालयन हाइड्रोपावरको आईपीओ बाँडफाँट, कसले कति पाए  ?

एक्सप्रेस पाना
आषाढ २८, २०७९ मंगलबार
  • 326
    SHARES
  • हिमालयन हाइड्रोपावरको आईपीओ बाँडफाँट, कसले कति पाए  ?

    असार २८ काठमाडौं । हिमालयन हाइड्रोपावरको आईपीओ बाँडफाँट भएको छ। मंगलबार कम्पनीको सेयर निष्कासन तथा बिक्री प्रबन्धक ग्लोबल आईएमई क्यापिटलले आईपीओ बाँडफाट गरेको हो।

    images

    स्वीकृत आवेदनमध्ये १ लाख ८३ हजार ४७ जनाले  १० कित्ताका दरले कम्पनीको सेयर प्राप्त गरेका छन्। सोमध्ये भाग्यमानी दुईजनाले भने ११ कित्ता सेयर प्राप्त गरेका छन्।

    कम्पनीले असार १५ गतेदेखि निष्काशन तथा बिक्री खुला गरेको आईपीओमा कुल १५ लाख ९५ हजार ५५४ आवेदनमध्ये १५ लाख ९३ हजार ७९६ स्वीकृत गरेको हो।

    images

    बाँकी कुल आवेदनमध्ये १ हजार ६११ आवेदन रद्द भएको कम्पनीले जनाएको छ। कम्पनीले असार १५ गतेदेखि प्रतिशेयर १०० अंकित दरमा कुल १९ लाख ६८ हजार २५० कित्ता साधारण शेयर निष्काशन गरेको थियो।

    त्यसमध्ये २ प्रतिशत अर्थात् ३९ हजार ३६५ कित्ता सेयर कर्मचारीका लागि सुरक्षित गरिएको छ भने ५ प्रतिशत अर्थात् ९८ हजार ४१३ कित्ता सेयर सामूहिक लगानी कोषमा बाँडफाँट गरिएको हो । बाँकी रहेको १८ लाख ३० हजार ४७२ कित्ता सेयर मात्रै सर्वसाधारणलाई बाँटफाट गरिएको कम्‍पनीले जनाएको छ।

    आईपीओमा मागभन्दा बढी आवेदन परेकाले गोलाप्रथाबाट सेयर वितरण गरिएको हो। लगानीकर्ताले बिक्री प्रबन्धक ग्लोबल आईएमई क्यापिटलको वेबसाइट र मेरोसेयर एकाउन्टबाट आइपीओको नतिजा हेर्न सक्नेछन् ।

  • सम्बन्धित विषय:

  • # IPO