आइतबार, कार्तिक १६ गते २०८३
images
images

६१ प्रतिशत मात्र खर्च

एक्सप्रेस पाना
आषाढ २९, २०७९ बुधबार
  • 224
    SHARES
  • ६१ प्रतिशत मात्र खर्च

    असार २९ काठमाडौं । बागमती प्रदेशको यातायात तथा पूर्वाधार विकास मन्त्रालयअन्तर्गत रहेको   यातायात पूर्वाधार निर्देशनालय  हेटौँडाले  भौतिक पूर्वाधारको विकास तथा निमार्णको कार्यमा चालु आर्थिक वर्षमा ६१ प्रतिशत मात्र खर्च गरेको छ । निर्देशनालयले रु सात अर्र्ब ४२ करोड ७१ लाख खर्च गरेको छ ।

    images

    पूर्वाधार निर्देशनालय तथा मातहतका निकायका लागि  चालु आव २०७८÷७९ मा रु १२ अर्र्ब  १२ करोड नौ लाख विनियोजन भएको निर्देशनालयका सूचना अधिकरी हरिप्रसाद ओझाले जानकारी दिनुभयो । चालु आवमा प्रदेशको यातायात पूर्वाधार  निर्देशनालयले सबैभन्दा बढी ८८.६१ प्रतिशत खर्च गरेको छ । निर्देशनालयका लागि चालु आवमा रु ५५ करोड ७९ लाख विनियोजन गरेकामा रु ४९ करोड ४४ लाख खर्च भएको छ । 

    निर्देशनालयअन्तर्गत रहेको पूर्वाधार विकास कार्यालय चितवनले ४९.८४ प्रतिशत, पूर्वाधार विकास कार्यालय ललितपुरले ५७.४८, पूर्वाधार विकास कार्यालय काभ्रेपलाञ्चोकले ५३.९६, पूर्वाधार विकास कार्यालय रामेछापले ५४.९९, पूर्वाधार विकास कार्यालय नुवाकोटले ६०.८५, प्रादेशिक  सडक डिभिजन कार्यालय धादिङले ५७.१४ र प्रादेशिक सडक डिभिजन कार्यालय सिन्धुलीले ७८.२१ प्रतिशत खर्च गरेको बताइएको छ ।

    images

    यसैबीच यातायात पूर्वाधार निर्देशनालय हेटौँडाले हेटौँडा उपमहानगरपालिका–११ र १२ जोड्ने राप्ती खोलामा रु २७  करोड ४६ लाखको लागतमा पक्की पुल निमार्ण गरेको छ । तत्कालीन मुख्यमन्त्री डोरमणि पौडेलद्वारा शिलान्यास गरिएको सो पुल २१५ मिटर लामो छ । सो निर्देशनालयका निर्देशक सहदेव भण्डारीले प्रदेश सरकार गठन भएदेखि  हालसम्म ७१  पुल निर्माण भइसकेका छन् । हाल ३० पुल निर्माणाधीन अवस्थामा छन् ।