बुधबार, कार्तिक १९ गते २०८३
images
images

अपहृत विमान सुन्दरीजलस्थित सङ्ग्रहालयमा

एक्सप्रेस पाना
आषाढ २९, २०७९ बुधबार
  • 293
    SHARES
  • अपहृत विमान सुन्दरीजलस्थित सङ्ग्रहालयमा

    असार २९ काठमाडौं । एकतन्त्रीय पञ्चायत शासन अन्त्य गर्ने उद्देश्य लिई देशमा प्रजातन्त्र स्थापनाका लागि काँग्रेस नेता बिपीको योजनामा विस २०३० जेठ २८ गते विराटनगरबाट अपहरण गरिइएको शाही नेपाल वायुसेवाको विमान सुन्दरीजलस्थित सङ्ग्रहालयमा रहेको छ । 

    images

    नेपाल राष्ट्र बैङ्कको भारु ३० लाखसहित अपहरण गरिएको जहाज काँग्रेस नेता नगेन्द्र ढुङ्गेल, वसन्त भण्डारी र दुर्गा सुवेदीले अपहरण गरी भारतको फारबेसगन्ज पु¥याएका थिए । हाल उक्त विमान सुन्दरीजलस्थित सङ्ग्रहालयमा राखिएको हो ।