असार २९ नवलपुर । सिन्धुपमल्चोक इन्द्रावती गाउँपालिका दोस्रो गाउँ सभाको पहिलो गाउँ सभा भव्यताको साथ सम्पन्न भएको छ ।
उक्त गाउँ सभामा विनियोजन विधेयक पालिका उपाध्यक्ष सोभना तामाङले प्रस्तुत गर्नु भएको थियो । यस्तै अन्य सम्पुर्ण विविध निर्णयहरु प्रमुख प्रशासकीय अधिकृत रामप्रसाद शर्माले प्रस्तुत गर्नु भएको थियो ।

पालिका उपाध्यक्ष, प्रमुख प्रशासकिय अधिकृत सभाका सदस्य, पालिकाको सम्पुर्ण कर्मचारीहरु सुरक्षा कर्मी लगाएत सभामा उपस्थित सम्पुर्ण लाई सभाका सभाध्यक्ष एवं पालिका अध्यक्ष झ्म्क नेपालले सभा लाई भव्य सव्य र सौहार्दपुर्ण रुपले सम्पन्न गर्न महत्त्वपूर्ण योगदान दिनुभएकोमा सम्पुर्ण लाई धन्यवाद सहित खुसी व्यक्त गर्नु भएको छ ।

.jpg)


