आइतबार, कार्तिक १६ गते २०८३
images
images

अपर सोलु हाइड्रोले गर्यो आइपीओ बाँडफाँट, कसरी हेर्ने नतिजा ?

एक्सप्रेस पाना
आषाढ ३०, २०७९ बिहीबार
  • 337
    SHARES
  • अपर सोलु हाइड्रोले गर्यो आइपीओ बाँडफाँट, कसरी हेर्ने नतिजा ?

    असार ३० काठमाडौं । अपर सोलु हाइड्रोले आज बिहिबार आइपीओ बाँडफाँट गरेको छ । यसमा गोलाप्रथामार्फत १ लाख ८२ हजार ४७ जना सर्वसाधारण लगानीकर्ताहरुले सेयर पाएका छन् ।
     
    जसमध्ये ५ जनाले ११ कित्ता र बाँकीले १० कित्ताका दरले सेयर पाएका छन् । यो आइपीओमा कुल १४ लाख ४६ हजार ९८५ जनाले आवेदन दिएकामा १ हजार ७९१ जनाको आवेदन रद्द भएको बिक्री प्रबन्धक एनएमबि क्यापिटलले जानकारी गराएको छ ।
     
    अपर सोलु हाइड्रोले असार २० गतेबाट २३ गतेसम्म सर्वसाधारणका लागि १९ करोड ५७ लाख ५० हजार रुपैयाँ बराबरको १९ लाख ५७ हजार ५०० कित्ता साधारण सेयर निष्कासन गरेको हो । योमध्ये ५५ अर्थात् ९७ हजार ८७५ कित्ता सामुहिक लगानी कोष र २५ अर्थात् ३९ हजार १५० कित्ता सेयर कर्मचारीहरुका लागि छुट्याइएको थियो । बाँकी १८ लाख २० हजार ४७५ कित्ताका लागि सर्वसाधारणले आवेदन दिन सक्ने व्यवस्था थियो ।
     
    लगानीकर्ताले बिक्री प्रबन्धक एनएमबि क्यापिटलको वेबसाइट र मेरोसेयर एकाउन्टबाट आइपीओको नतिजा हेर्न सक्नेछन् । साथै, अपर सोलु हाइड्रोपावरको वेबसाइट तथा सीडीएस एन्ड क्लियरिङले आइपीओ रिजल्ट हेर्न बनाएको वेबसाइट  बाट पनि रिजल्ट हेर्न सकिन्छ । नतिजा हेर्न भने केही समय प्रतिक्षा गर्नुपर्नेछ ।

    images