बुधबार, भाद्र २४ गते २०८३
images

आईपीओ निष्कासनको अनुमति माग्दै यी दुई कम्पनी पुगे धितोपत्र बोर्डमा

एक्सप्रेस पाना
आषाढ ३०, २०७९ बिहीबार
  • 409
    SHARES
  • आईपीओ निष्कासनको अनुमति माग्दै यी दुई कम्पनी पुगे धितोपत्र बोर्डमा

    असार ३० काठमाडौं । दुई जलविद्युत कम्पनीले आईपीओ निष्कासनको अनुमति माग्दै नेपाल धितोपत्र बोर्ड (सेबोन) पुगेका छन् ।

    images

    सानिमा मिडिल तमोर र सुपर मादी हाइड्रोपावरले आईपीओ निष्कासनको अनुमति माग्दै सेबोनमा आवेदन दिएका हुन्। यी दुवै हाइड्रोपावरको धितोपत्र बिक्री प्रबन्धकमा सानिमा क्यापिटल लिमिटेड रहेको छ।

    सेबोनले अनुमति दिएमा सानिमा मिडिल तमोरले १०० अंकित दरका कुल ८३ लाख ३१ हजार २५० कित्ता आईपीओ जारी गर्नेछ। 

    images

    यसैगरी सुपर मादी हाइड्रोपावरले पनि सेबोनले अनुमति दिए १०० अंकित दरका कुल ३१ लाख ५० हजार कित्ता आईपीओ बिक्री गर्नेछ। यी दुवै हाइड्रोपवारले स्थानीय र सर्वसाधारणका लागि दुई चरणमा आईपीओ बिक्री गर्नेछन्। 

  • सम्बन्धित विषय:

  • # IPO