बुधबार, कार्तिक १९ गते २०८३
images
images

एमालेबाट उपसभामुखमा विद्याको उम्मेदवारी दर्ता

एक्सप्रेस पाना
आषाढ ३०, २०७९ बिहीबार
  • 281
    SHARES
  • एमालेबाट उपसभामुखमा विद्याको उम्मेदवारी दर्ता

    असार ३० काठमाडौं । नेकपा एमालेले भोलि हुने प्रतिनिधिसभाको उपसभामुखको निर्वाचनमा विद्या भट्टराईलाई उम्मेदवार बनाउने भएको छ । एमाले संसदीय दलका उपनेता सुवास नेम्वाङले भट्टराईलाई उम्मेदवार बनाउने निर्णय भएको जानकारी दिए । ‘उपसभामुखमा विद्या कमरेडलाई उम्मेदवार बनाउने सिफारिस गरेको छ’, नेम्वाङको भनाइ छ ।

    images

    यसअघि लोसपाले उम्मेदवारी दिने हुँदा एमाले उम्मेदवारी नदिने पक्षमा रहेपनि लोसपाले उम्मेदवारी नदिने भएपछि भट्टराईलाई अघि सारेको हो । उपसभामुख पदका लागि भट्टराईले असन्तुष्टि जनाउँदै उम्मेदवारी नदिने बताएकी थिइन् । उनलाई नेताहरुले अन्तिम समयमा मनाएका थिए ।