असार ३० काठमाडौं । राप्रपा नेपालका अध्यक्ष कमल थापा चुनाव चिह्न गाईको माग गर्दै सर्वोच्चमा रिट दायर गरेको छ । उनले आज बिहीबार रिट दर्ता गराएका हुन् ।
पार्टी महामन्त्री राजाराम बर्तौलाले दिएको जानकारी अनुसार चुनाव चिह्न ‘गाई’ माग गर्दै रिट दर्ता भएको हो ।
बिहीबार दर्ता भएको रिटमा शुक्रबार सुनुवाइ हुने बताइएको छ । निर्वाचन आयोगलाई विपक्षी बनाएर रिट दर्ता गरिएको छ ।
.jpg)


