एजेन्सी । अफगानी राष्ट्रिय महिला फुटबल टोलीका सदस्यहरूलाई आपातकालीन उद्धार गरिएको छ । विश्व फुटबल खेलाडीको सङ्गठन (फिफाप्रो)ले मङ्गलबार खेलाडीसहित ७५ जनालाई उद्धार गरेर अस्ट्रेलिया पुयाएको छ ।
पछिल्लो समय तालिबान समूहले राजधानी काबुल नियन्त्रणमा लिएपछि फुटबल टोलीका सदस्य त्रसित थिए । त्रासदीका बीच खेलाडीको सङ्गठन (फिफप्रो)को सहयोगमा अस्ट्रेलिया सरकारले उनीहरूको उद्धार गरेको स्पेनिस मिडिया मार्काले लेखेको छ ।
त्यस्तै खेलाडीको उद्धारपछि अफगानिस्तानको राष्ट्रिय महिला टोलीका पूर्व–कप्तान खालिदा पोपलले फिफप्रोलाई धन्यवाद ज्ञापन गरेकी छन् ।
.jpg)


