बुधबार, कार्तिक १९ गते २०८३
images
images

हर्क साम्पाङ र रवि लामिछानेबीच भेटवार्ता, के भयो कुराकानी ?

एक्सप्रेस पाना
आषाढ ३१, २०७९ शुक्रबार
  • 328
    SHARES
  • हर्क साम्पाङ र रवि लामिछानेबीच भेटवार्ता, के भयो कुराकानी ?

    असार ३१ काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने र धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङबीच भेटवार्ता भएको छ ।

    images

    शुक्रबार लामिछाने साम्पाङलाई भेट गर्न उनकै कार्यालय पुगेका हुन् । आफूहरुबीच भेट भएको बारे लामिछानेले जानकारी दिएका छन् । भेटमा लामिछानेले हर्कलाई शुभकामना दिएका छन् ।

    भेटमा लामिछानेले हर्कलाई भने- ‘तपाइँलाई भेटेरै शुभकामना दिन आएको। खासमा मलाई श्रमदानमा पनि सहभागी हुने मन थियो। तर सकिएछ। जनताको एकदम अपेक्षा छ तपाईंसित, राम्रो गर्नुहोला। सहकार्य जारी रहनेछ’।

    images

    गएको स्थानीय तहको निर्वाचनमा हर्कले धरान उपमहानगरपालिकामा स्वतन्त्रबाट ठुला दललाई पराजित गर्दै निर्वाचित भएका थिए । लामिछानेले पनि केही समयअघि राष्ट्रिय स्वतन्त्र पार्टी घोषणा गरेका थिए । उनी आउँदो निर्वाचनमा काठमाडौंबाट लड्ने तयारी गरेका छन् ।