आइतबार, कार्तिक १६ गते २०८३
images
images

गोरखा नगरपालिकाको आगामी आर्थिक वर्षको बजेट ९४ करोड

एक्सप्रेस पाना
आषाढ ३१, २०७९ शुक्रबार
  • 347
    SHARES
  • गोरखा नगरपालिकाको आगामी आर्थिक वर्षको बजेट ९४ करोड

    असार ३१ गोरखा । गोरखा नगरपालिकाले आगामी आर्थिक वर्षका लागि ९४ करोड ६ लाख रुपैयाँको वजेट सार्वजनिक गरेको छ । बिहीबार भएको १०औं नगरसभामा उपप्रमुख मसली माया थोकरले ९४ करोड ६ लाख ६० हजार ५ सय रुपैयाँको आयब्यय प्रस्तुत गरेकी छन् ।

    images

    कुल वजेटमध्ये नेपाल सरकारको वित्तीय समानीकरण अनुदानबाट २४ करोड ७७ लाख, सशर्त अनुदानबाट ३८ करोड २९ लाख, संघीय राजस्वतर्फ १२ करोड ३७ लाख, विद्युत रोयल्टीबाट एक करोड ४० लाख प्राप्त हुने अनुमान गरिएको छ ।

    यस्तै प्रदेश सरकारबाट वित्तीय समानीकरण अनुदानअन्तर्गत तीन करोड २३ लाख ४५ हजार, प्रदेश राजस्व बाँडफाँटबाट एक करोड ५६ लाख ५ हजार, नगरपालिकाको आन्तरिक स्रोतबाट पाँच करोड ८३ लाख आम्दानी हुने बजेट वक्तब्यमा उल्लेख छ ।

    images

    गोरखा नगरपालिकाले वडास्तरीय योजना कार्यान्वयनका लागि १४ वटै वडालाई एक करोड रुपैयाँका दरले वजेट छुट्याएको छ । यस्तै नगरस्तरीय योजनाका लागि पनि वडाहरूमा बजेट विनियोजन गरिएको छ । जसअन्तर्गत वडा नम्बर १ मा आठवटा योजनाका लागि ४३ लाख, वडा नम्बर २ मा सातवटा योजनाका लागि ४८ लाख, वडा नम्वर ३ मा १३ वटा योजनाका लागि ५८ लाख, वडा नम्बर चारमा नौवटा योजनाका लागि ६७ लाख र वडा नम्बर ५ मा सातवटा योजनाका लागि ५० लाख रुपैयाँ विनियोजन गरिएको छ ।

    यस्तै वडा नम्कर ६ मा सातवटा योजनाका लागि ४३ लाख, वडा नम्बर ७ मा आठवटा योजनाका लागि ६५ लाख, वडा नम्बर ८ मा १४ वटा योजनाका लागि ९० लाख, वडा नम्बर नौमा १२ वटा योजनाका लागि ६७ लाख तथा वडा नम्बर १० मा नौवटा योजनाका लागि एक करोड ४९ लाख रुपैयाँ छुट्याइएको छ ।

    वडा नम्वर ११ मा एउटा मात्रै नगरस्तरीय योजना समावेश भएको छ । जसअन्तर्गत नमुना पूर्वाधार विकास तथा रोजगार प्रवद्र्धन कार्यक्रम कार्यान्वयनका लागि एक करोड रुपैयाँ विनियोजन गरिएको छ । यस्तै वडा नम्बर १२ मा १२ वटा नगरस्तरीय योजनाका लागि ६९ लाख, वडा नम्बर १३ मा ९ वटा योजनाका लागि ५० लाख तथा वडा नम्वर १४ मा ९ वटा योजनाका लागि ४९ लाख रुपैयाँ छुट्याइएको छ ।

    गोरखा नगरपालिकाले वडा नम्बर १० मा ठुटेबजार ताल पूर्वाधार निर्माणका लागि एक करोड, शिक्षातर्फ दुई करोड ८० लाख ३६ हजार, कृषितर्फ एक करोड ११ लाख, सामाजिक विकासतर्फ एक करोड ४६ लाख ५० हजार, स्वास्थ्यतर्फ एक करोड ६ लाख बजेट विनियोजन गरेको छ । १० असारमा नीति तथा कार्यक्रम पारित गरी स्थगित भएको १०औं नगरसभाको निरन्तरता दिँदै बिहीबार आर्थिक वर्ष २०७९र०८० को बजेट प्रस्तुत गरिएको हो ।