बुधबार, कार्तिक १९ गते २०८३
images
images

हत्या, हिंसा र बलात्कारका घटना हुन नदिन सरकार प्रयासरत : गृहमन्त्री

एक्सप्रेस पाना
आषाढ ३१, २०७९ शुक्रबार
  • 279
    SHARES
  • हत्या, हिंसा र बलात्कारका घटना हुन नदिन सरकार प्रयासरत : गृहमन्त्री

    असार ३१ काठमाडौं । गृहमन्त्री बालकृष्ण खाणले नागरिकको जीउधनको रक्षा र शान्तिसुरक्षा सरकारको पहिलो दायित्व भएको बताएका छन् । 

    images

    राष्ट्रिय प्रजातन्त्र पार्टी महिला सङ्गठनले आज गृह मन्त्रालयमा बुझाएको १३ बुँदे ज्ञापनपत्र बुझ्दै उहाँले महिला, बालबालिका हत्या, हिंसा, र बलात्कारका घटना हुन नदिन सरकार प्रयासरत रहेको बताएका हुन् । उन्ले १३ बुँदे मागबारे सुरक्षा निकायसँग छलफल गरी आवश्यक सम्बोधन गर्न पहल गर्ने बताए । 

    राप्रपा महामन्त्री तथा महिला विभाग प्रमुख कुन्ती शाहीको नेतृत्वमा आएको प्रतिनिधिमण्डलले महिलाको सुरक्षाका लागि छुट्टै सुरक्षा दस्ता तयार गर्न माग गरेको थियो । यस्तै हिंसामा परेका महिलाको सुरक्षाको व्यवस्था मिलाउन पनि सङ्गठनले माग गरेको छ ।

    images