मंगलबार, भाद्र २३ गते २०८३
images

अपर हेवाखोलाको आईपीओ बाँडफाँट, कस्ले कति पाए ?

एक्सप्रेस पाना
आषाढ ३२, २०७९ शनिबार
  • 380
    SHARES
  • अपर हेवाखोलाको आईपीओ बाँडफाँट, कस्ले कति पाए ?

    काठमाडौं । अपर हेवाखोला हाइड्रोपावर कम्पनीको साधारण सेयर (आईपीओ) बाँडफाँट भएको छ । आज बाँडफाँट भएको कम्पनीको सेयरमा आवेदन गरेका १३ लाख १३ हजार २५३ जनाको हात खाली भएको छ ।

    images

    १ लाख ३९ हजार ५०० जनाले १० कित्ताका दरले आईपीओ पाउँदा उक्त आवेदकको हात खाली भएको हो । कम्पनीले असार २४ गतेदेखि २९ गतेसम्म सेयर बिक्री खुलाएको थियो ।

    प्रतिकित्ता १०० रुपैयाँ अंकित १५ लाख कित्ता आईपीओमा आवेदन खुलाइएको थियो । जसमध्ये ३० हजार कित्ता कर्मचारीलाई र सामूहिक लगानी कोषलाई ७५ हजार कित्ता सेयर छुट्याइएको थियो ।

    images

    उक्त आईपीओमा १४ लाख ५५ हजार ३८४ जनाले आवेदन दिएका थिए । जसमध्ये २ हजार ८११ जनाको आवेदन रद्ध भएको थियो । बाँकी १४ लाख ५२ हजार ७५३ आवेदनमध्ये १ लाख ३९ हजार ५०० जनाले सेयर पाएका सेयर निष्कासन तथा बिक्री प्रबन्धक एनएमबी क्यापिटलले जनाएको छ ।

  • सम्बन्धित विषय:

  • # आईपीओ