बुधबार, कार्तिक १९ गते २०८३
images
images

माओवादी अध्यक्ष प्रचण्ड र भाजपा अध्यक्ष नड्डाबीच नयाँ दिल्लीमा भेटवार्ता

एक्सप्रेस पाना
श्रावण १, २०७९ आइतबार
  • 241
    SHARES
  • माओवादी अध्यक्ष प्रचण्ड र भाजपा अध्यक्ष नड्डाबीच नयाँ दिल्लीमा भेटवार्ता

    भारत भ्रमणमा रहेका नेकपा(माओवादी केन्द्र) का अध्यक्ष  ‘प्रचण्ड’ र भारतीय जनता पार्टीका अध्यक्ष जेपी नड्डाबीच भेटवार्ता भएको छ । 

    images

    नयाँ दिल्लीस्थित भारतीय जनता पार्टीको केन्द्रीय कार्यालयमा भएको भेटमा दुई पार्टीको सम्बन्ध विस्तार र आपसीहितका बारेमा छलफल भएको थियो । माओवादी केन्द्रका अध्यक्ष दाहालका स्वकीय सचिव रमेश मल्लले उहाँहरुबीच भेटवार्ता भएको जानकारी दिए । 

    सो अवसरमा भारतीय विदेशमन्त्री एस जयशङ्कर पनि उपस्थित थिए । अध्यक्ष दाहालले शनिबार मात्रै भारतीय विदेशीमन्त्री जयशङ्कर र राष्ट्रिय सुरक्षा सल्लाहकार अजित डोभलसँग भेटवार्ता गरेका थिए । 

    images

    यस्तै, भारतीय जनता पार्टीको विदेश विभाग प्रमुख विजय चौथाइवाले अध्यक्ष रहनुभएको ‘फाउण्डेन फर पब्लिक अवारनेस एण्ड पोलिसी’ ले आयोजना गरेको ‘भारत–नेपाल सम्बन्ध’ विषयक कार्यक्रमलाई अध्यक्ष दाहालले सम्बोधन गरेका थिए ।