भदौ ९ काठमाडौ । पछिल्लो केही दिनदेखि लगातार उकालो लागेको सुनको मूल्य आज बुधबार नेपाली बजारमा तोलामा ३०० रुपैयाँले घटेको छ । त्यस्तै चाँदी १० रुपैयाँले बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार गत मंगलबार प्रतितोला ९१ हजार ६०० रुपैयाँमा कारोबार भएको सुन आज बुधबार ३०० रुपैयाँले घटेर ९१ हजार ३०० रुपैयाँमा झरेको हो भने चाँदी १० रुपैयाँले बढेर एक हजार २१० रुपैयाँमा उक्लिएको हो ।
यता तेजाबी सुनको मूल्य समेत तोलामा ३०० रुपैयाँले नै घटेर मंगलबार ९० हजार ८०० रुपैयाँ कायम भएको छ ।

