शुक्रबार, भाद्र २६ गते २०८३
images

नागरिक लगानी कोष र महाशक्ती सिमेन्टबीच सेयर प्रत्याभूति सम्झौता

एक्सप्रेस पाना
भाद्र २६, २०८३ शुक्रबार
  • 87
    SHARES
  • नागरिक लगानी कोष र महाशक्ती सिमेन्टबीच सेयर प्रत्याभूति सम्झौता

    काठमाडौं । नागरिक लगानी कोषले महाशक्ती सिमेन्ट लिमिटेडको सेयर प्रत्याभूति गर्ने भएको छ । 

    images

    शुक्रबार भएको सम्झौतामा कोषका कार्यकारी निर्देशक पर्वत कुमार कार्की र सिमेन्ट कम्पनीका अध्यक्ष राजाराम खड्काले हस्ताक्षर गरेका हुन् । 

    उक्त कम्पनीले १ सय अंकित मूल्यको १ करोड ७८ लाख ५० हजार ८५७ कित्ता बराबरको १ अर्ब ७८ करोड ५० लाख ८५ हजार ७ सय रुपैयाँको सेयर निस्कासन गर्दै छ । 

    images

    कम्पनीले सम्झौता भएको मितिले ६ महिना भित्र सेयर निष्कासन गरिसक्नु पर्नेछ । सो अवधि भित्र सेयर निष्कासन नभएमा पुनः नयाँ सम्झौता गर्नुपर्ने व्यवस्था रहेको छ ।

  • सम्बन्धित विषय:

  • # नागरिक लगानी कोष