बुधबार, कार्तिक १९ गते २०८३
images
images

उपसभामुखद्वारा पदभार ग्रहण

एक्सप्रेस पाना
श्रावण १, २०७९ आइतबार
  • 221
    SHARES
  • उपसभामुखद्वारा पदभार ग्रहण

    नवविर्चाचित उपसभामुख पुष्पा भुसालले पद तथा गोपनीयताको सपथ ग्रहण गरेलगतै सिंहदारबारस्थित उपसभामुखको कार्यकक्षमा पुगेर पदभार ग्रहण गर्नुभएको छ ।

    images

    सिंहदरबारस्थित उपसभामुखको कार्यकक्षमा पुगेर पदभार ग्रहण गर्दै उहाँले संविधान कार्यान्वयनका लागि उपसभामुखले गर्नुपर्ने सम्पूर्ण जिम्मेवारी पूरा गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो । “उपसभामुख भएपछि जिम्मेवारी बढेको महसुस गरेको छु, संविधान कार्यान्वयनका लागि उपसभामुख पदबाट अपेक्षा इमान्दारीपूर्वक काम गर्नेछु”, पदभार ग्रहणका क्रममा उहाँले भन्नुभयो, “चार महिना जति मेरो कार्यकाल छ, सदनलाई प्रभावकारी ढङ्गबाट बढाउन मद्दत गर्नेछु ।”

    यसअघि आजै उहाँलाई राष्ट्रिपति विद्यादेवी भण्डारीको समुपस्थितिमा सभामुख अग्निप्रसाद सापकोटाले शीतल निवासमा आयोजित समारोहमा सभामुख सापकोटाले पद तथा गोपनीयताको शपथ गराउनुभएको थियो ।

    images

    प्रतिनिधिसभाको शुक्रबार बसेको बैठकले उपसभामुखमा नेपाली कांग्रेसकी सांसद भुसाललाई निर्वाचित गरेको थियोे । उहाँ १४८ मत प्राप्त गर्दै उपसभामुखमा निर्वाचित हुनुभएको थियो ।