आइतबार, कार्तिक १६ गते २०८३
images
images

यात्रुवाहक बस दुघर्टना हुँदा २४ जना घाइते, दुई जना बसभित्रै च्यापिए

एक्सप्रेस पाना
भाद्र ९, २०७८ बुधबार
  • 329
    SHARES
  • यात्रुवाहक बस दुघर्टना हुँदा  २४  जना घाइते, दुई जना बसभित्रै च्यापिए

    भदौ ९ सिन्धुपाल्चोक । ठोकर्पाबाट कालिका हुँदै राजधानी काठमाडौ जाँदै गरेको बस दुर्घटना हुँदा कम्तीमा २४ घाइते भएका छन् । कोसीपारी यातायातको बा३ख ८०३० नम्बरको बस सुनकोशी ३ छापमा दुर्घटना भएको हो । २ जना पुरुष बसभित्रै च्यापिएको वडाध्यक्ष रामहरी खड्काले घटनास्थलबाट जानकारी दिए ।

    images

    जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोकका प्रहरी नायब उपरिक्षक दक्षकुमार बस्नेतका अनुसार दुर्घटनामा २४ घाइते भएका छन् । बस सडकभन्दा करिब २५ मिटर तल खसेको छ । उनका अनुसार घाइतेमध्ये १५ जनालाई धुलिखेल अस्पताल र ९ जनालाई सिन्धु सदावहार अस्पताल खाडिचौरमा उपचारका लागि लगिएको छ ।