आइतबार, कार्तिक १६ गते २०८३
images
images

सुनचाँदीका मूल्यमा सामान्य गिरावट

एक्सप्रेस पाना
श्रावण ३, २०७९ मंगलबार
  • 340
    SHARES
  • सुनचाँदीका मूल्यमा सामान्य गिरावट

    साउन ३ काठमाडौं । साताको तोस्रो दिन नेपाली सुनचाँदी बजारमा आज छापावाल सुनको मूल्य प्रतितोला ९३ हजार ८०० तोकिएकोे छ । अघिल्लो दिन प्रतितोला रु ९४ हजारमा कारोबार भएको सुन आज प्रतितोला रु २०० ले घटेको हो । नेपाल सुनचाँदी व्यवसायी महासङ्घले सार्वजनिक गरेको विवरणअनुसार आज तेजाबी सुनको मूल्य प्रतितोला रु ९३ हजार ३०० छ । यसको मूल्य अघिल्लो दिन प्रतितोला रु ९३ हजार ५०० थियो ।     

    images

    त्यस्तै आज चाँदीको मूल्य अघिल्लो कारोबार मूल्यका तुलनामा प्रतितोला रु पाँचले घटेर रु एक हजार १६० तोकिएको छ । महासङ्घले अन्तर्राष्ट्रिय बजारमा हुने सुन तथा चाँदीको कारोबार मूल्यका तुलनामा यहाँ दैनिक कारोबार मूल्य तोक्दै आएको छ ।