आइतबार, कार्तिक १६ गते २०८३
images
images

फेरि उकालो लाग्यो सुनचाँदीको बजार भाउ

एक्सप्रेस पाना
श्रावण ४, २०७९ बुधबार
  • 284
    SHARES
  • फेरि उकालो लाग्यो सुनचाँदीको बजार भाउ

    साउन ४ काठमाडौं । साताको चौथो दिन आज सुनचाँदीको मूल्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य प्रतितोला २०० रुपैयाँ र चाँदीको मूल्य प्रतितोला ५ रुपैयाँले बढेको हो ।

    images

    आज छापावाल सुनको मूल्य प्रतितोला ९४ हजार रुपैयाँ र तेजाबी सुनको मूल्य ९३ हजार ५०० रुपैयाँ छ । जुन, हिजो मंगलबार छापावाल सुनको मूल्य प्रतितोला ९३ हजार ८०० रुपैयाँ र तेजाबी सुनको मूल्य प्रतितोला ९३ हजार ५०० रुपैयाँ थियो ।

    हिजो मंगलबार सुनको मूल्य तोलामा २०० रुपैयाँ र चाँदीको मूल्य तोलामा ५ रुपैयाँले घटेको थियो । सोमबार छापावाल सुनको मूल्य प्रतितोला ९४ हजार रुपैयाँ र तेजाबी सुनको मूल्य ९३ हजार ५०० रुपैयाँ थियो ।

    images

    आज चाँदीको मूल्य तोलामा ५ रुपैयाँले बढेको छ । महासंघका अनुसार आज ५ रुपैयाँले बढेर चाँदीको मूल्य प्रतितोला ११ सय ६५ रुपैयाँ पुगेको छ । हिजो मंगलबार यसको मूल्य प्रतितोला ११ सय ६० रुपैयाँ थियो ।