आइतबार, कार्तिक १६ गते २०८३
images
images

बढ्यो सुनको मूल्य

एक्सप्रेस पाना
श्रावण ६, २०७९ शुक्रबार
  • 243
    SHARES
  • बढ्यो सुनको मूल्य

    साउन ६ काठमाडौं । सुनचाँदी बजारमा आज छापावाल सुनको मूल्य प्रतितोला रु एक हजारले बढेर रु.९४ हजार तोकिएको छ । उक्त सुन अघिल्लो दिन प्रतितोला रु.९३ हजारमा कारोबार भएका थियो ।नेपाल सुनचाँदी व्यवसायी महासङ्घले सार्वजनिक गरेको विवरणअनुसार आज तेजाबी सुनको मूल्य प्रतितोला रु.९३ हजार ५०० छ । उक्त सुनको मूल्य अघिल्लो दिन प्रतितोला रु.९२ हजार ५०० थियो ।  

    images

    त्यस्तै आज चाँदीको मूल्य अघिल्लो कारोबार मूल्यको तुलनामा प्रतितोला रु.१० ले बढेर रु एक हजार १६५ तोकिएकोे छ । महासङ्घले अन्तर्राष्ट्रिय बजारमा हुने सुन तथा चाँदीको कारोबार मूल्यको तुलनामा यहाँ दैनिक कारोबार मूल्य तोक्दै आएको छ ।