आइतबार, कार्तिक १६ गते २०८३
images
images

सुनको मूल्य ९४ हजार ५००

एक्सप्रेस पाना
श्रावण ८, २०७९ आइतबार
  • 262
    SHARES
  • सुनको मूल्य ९४ हजार ५००

    साउन ८ काठमाडौं । साताको पहिलो दिन नेपाली सुनचाँदी बजारमा आज छापावाल सुनको मूल्य प्रतितोला ९४ हजार ५०० तोकिएको छ । अघिल्लो दिन प्रतितोला ९४ हजारमा कारोबार भएको उक्त सुन आज प्रतितोला ५०० ले बढेको हो ।

    images

    नेपाल सुनचाँदी व्यवसायी महासङ्घले सार्वजनिक गरेको विवरणअनुसार आज तेजाबी सुनको मूल्य प्रतितोला ९४ हजार पुगेको छ । अघिल्लो दिन उक्त सुन प्रतितोला ९३ हजार ५०० थियो ।  

    त्यस्तै आज चाँदीको मूल्य अघिल्लो कारोबार मूल्यको तुलनामा प्रतितोला १० ले घटेर एक हजार १५५ तोकिएकोे छ । महासङ्घले अन्तर्राष्ट्रिय बजारमा हुने सुन तथा चाँदीको कारोबार मूल्यको तुलनामा यहाँ दैनिक कारोबार मूल्य तोक्दै आएको छ ।

    images