बुधबार, कार्तिक १९ गते २०८३
images
images

छोरीले अधिकारका लागि लड्न अझै बाँकी छ : मन्त्री भुसाल

एक्सप्रेस पाना
श्रावण ८, २०७९ आइतबार
  • 330
    SHARES
  • छोरीले अधिकारका लागि लड्न अझै बाँकी छ : मन्त्री भुसाल

    साउन ८ काठमाडौं । ऊर्जा तथा जलस्रोतमन्त्री पम्फा भुसालले छोरीले अधिकार प्राप्तिका लागि लड्न अझै बाँकी रहेको बताउनुभएको छ । 

    images

    अखिल (क्रान्तिकारी) ले आयोजना गरेको मनिषा आचार्यको उपन्यास विमोचन कार्यक्रममा उहाँले महिलाले कानूनीरूपमा अधिकार प्राप्त भए पनि अझै कार्यान्वयनका लागि लड्न बाँकी रहेको उल्लेख गर्नुभयो । 

    महिलाको सम्पत्तिमा अधिकार कानूनीरूपमा प्राप्त भए पनि अझै पूर्णरूपमा कार्यान्वयनमा आउन नसकेको उहाँले उल्लेख गर्नुभयो । उहाँले भन्नुभयो, “सम्पत्ति माग्दा दाजुभाइ रिसाउँछन् कि भन्ने भयले महिलाले सम्पत्ति माग्न सकिरहेका छैनन् ।”

    images

    आफैँले पनि अध्ययन सुरु गरेदेखि राजनीतिमा संलग्न हुँदासम्म पटक पटक विद्रोह गरेको मन्त्री भुसालले बताउनुभयो । छोरीले पढ्नु हुँदैन भन्ने समयमा विद्यालय हुँदै उच्च शिक्षा लिनु आफैँमा विद्रोह भएको उहाँले उल्लेख गर्नुभयो । छोरी मान्छे भएर राजनीतिमा संलग्न भएर जेलमा पर्दा समाजले स्वीकार नगरेको उहाँको भनाइ छ । उहाँले भन्नुभयो, “कुनै राम्रो काम गर्दा पनि छोरीले गरी भनेर होइन छोराजस्तो गरेको भन्ने गरेको पाइन्छ ।”

    सञ्चारिका समूहकी अध्यक्ष बिमला तुम्खेवाले साहित्यमा सधैँ महिला कति आए र कति टिकेभन्दा विषयवस्तुमा गहन छलफल बाँकी रहेको औँल्याउनुभयो । प्राध्यापक सन्तोष परियारले आचार्यले सामाजिक यर्थाथवादी तर विद्रोही आख्यान लेख्नुभएको उल्लेख गर्नुभयो । 

    अखिल क्रान्तिकारीकी अध्यक्ष पञ्चा सिंहले युवाले कुनै पनि विषयवस्तुको थोरै बुझेर हलुका टिप्पणी गर्न छाडेर गहन अध्ययन गर्नुपर्नेमा जोड दिनुभयो । स्रष्टा आचार्यले शिक्षित वर्गले समेत छोरी मान्छेले गर्न सक्छन् भनी विश्वास नगरेर छोरीको सफलतालाई शङ्काका दृष्टिले हेरेको बताउनुभयो ।