भदौ ९ काठमाडौं । काठमाडौं महानगरले कक्षा ११ र १२ का विद्यार्थीलाई गत शुक्रबारबाट कोरोनाविरुद्धको भेरोसेल खोप वितरण सुरु गर्यो ।
गत बिहीबार एक सूचना जारी गर्दै महानगरले शुक्रबारदेखि १८ वर्षमाथिका कक्षा १२ का परीक्षार्थीहरुको लागि र विश्वविद्यालय तहको परीक्षाको प्रवेश पत्र लिएका विद्यार्थीलाई पहिलो डोज खोप लगाउन निर्देश दियो ।
जसमा राजधानी काठमाडौको सरकारी अस्पताल वीर अस्पतालमा धेरै बिद्यार्थीहरुले यतिबेला खोप लगाउन निकै सास्ती खेप्नु परेको छ । यस अघि सरकारले बिद्यार्थीहरुलाई पाएक पर्न नजिकै अस्पतालमा गएर खोप लगाउन अनुमती दिएको थियो। विभिन्न बिद्यार्थीहरुको गुनासो आयो , आफ्नो मान्छेलाई बढि प्राथमिकता दिइयो ।
कुरा हिजो मंगलबारको हो ।
हामी बिद्यार्थीहरुलाई कोरोना बिरुद्धको खोप लगाएर मात्रै परीक्षा लिनुपर्छ । सरकारी अस्पताल अबस्थामा भने जो आफ्नो मान्छे छ उसलाई नै बोलाएर लगाउँछन् । त्यहाँ खोप लगाउन गएका धेरै बिद्यार्थीहरु घन्टौं सम्म लाइन बसेर खोप नलगाई फर्कनु परेको छ । यहीँ हो त नेपाल सरकारको अबस्था ? यदि परीक्षा लिने हो भने सबै बिद्यार्थीहरुलाई खोप लगाएर मात्रै परीक्षा लिनुपर्छ । आ-आफ्नो कलेजले पहिला खोपको व्यवस्था गरि खोप लगाएर परीक्षा लिनुपर्छ । धेरै बिद्यार्थीहरु घन्टौंसम्म लाइन बसेर खोप नलगाई फर्कनु परेको छ ।

अस्पतालका डाक्टर भन्छन् खोप सकियो रे , प्रत्येक सरकारी अस्पतालमा खोप वितरण गर्नु भन्दा सरकारले प्रत्येक कलेजमा डाक्टर सहितको टोली कलेजमा पठाएर खोपको ब्यवस्थापन गर्नुपर्छ । अनि मात्रै बिद्यार्थीहरुलाई परीक्षा लिनुपर्छ । सरकारले बोलेर मात्रै हुदैन बिद्यार्थीको भविष्यमाथि खेलवाड नगरि सबै कुरा पूरा गर्नुपर्छ । सबै बिद्यार्थीहरुलाई पुर्ण रुपमा कोरोनाको खोप लगाएर मात्रै परीक्षा सञ्चालन गर्नुपर्छ । यदि बिद्यार्थीहरुको कोरोना संक्रमणको कारण मृत्यु भयो भने यसको जिम्मेवार को ?
नेपाल सरकारले छिटो र छरितो तवरबाट सम्पूर्ण विद्यार्थीहरुलाई पहिलो डोज र दोस्रो डोजको खोप लगाएर मात्रै परीक्षा सञ्चालन गर्नुपर्छ ।
सरकारी अस्पतालले हाल आफ्नो आफ्नो मान्छेलाई जसरी पनि खोप लगाउने धारणा राखेका छन् । अरु सर्वसाधारणलाई विभेद गरि रहेछन् । मेरै आँखा अगाडि आफ्नो मान्छेलाई विभिन्न बहाना बनाउदै खोप लगाएर पठाए । यदि नेपाल सरकारले समान रुपमा सबै बिद्यार्थीहरुलाई खोप लगाउनु भनी नियमको व्यवस्थापन गरेको भए राम्रो हुन्थ्यो ।
सरकारी अस्पतालहरुले सबै बिद्यार्थीहरुलाई समान व्यवहारको रुपमा खोप लगाउने ब्यवस्था गर्नुपर्छ । अर्को कुरा के हो भने अस्पताल गएर कोरोनाको खोप लगाउनु भन्दा पनि कोरोना लाग्ला भन्ने ठूलो जोखिम रहेको छ । बिद्यार्थीहरुको भीडलाई कम गरेर ५ मिटरको दूरी कायम गरेर मात्रै लगाउनुपर्छ । बिद्यार्थीहरुको यस्तो धेरै भीडभाड छ । यस्तो अबस्थामा त हुदैनन् नि नेपाल सरकार ?
हरेक काम गर्नु अघि नियम कानुन बनाएर काम गर्नुपर्छ । बिद्यार्थीहरुको सुरक्षीत रुपमा मात्रै खोप लगाउनुपर्छ ।

परीक्षार्थी : निरुता बश्याल
.jpg)


