बुधबार, कार्तिक १९ गते २०८३
images
images

आज मन्त्रिपरिषद् बैठक बस्दै, चुनावको मितिबारे निर्णय हुने

एक्सप्रेस पाना
श्रावण ९, २०७९ सोमबार
  • 630
    SHARES
  • आज मन्त्रिपरिषद् बैठक बस्दै, चुनावको मितिबारे निर्णय हुने

    साउन ९ काठमाडौं । आज सोमबार मन्त्रिपरिषद् बैठक बस्दैछ । साँझ ५ बजे बस्ने बैठकमा संघीय संसद्को निर्वाचनको मितिबारे छलफल हुने खानेपानी तथा सरसफाईमन्त्री उमाकान्त चौधरीले जानकारी दिए ।

    images

    मन्त्री चौधरीले भने-‘आज साँझ ५ बजे मन्त्रिपरिषद् बैठक बस्दैछ । आज निर्वाचनको मितिबारे छलफल हुने तय भएको छ । यसअघि निर्वाचन आयोगले सिफारिश गरेको मितिबारे आज छलफल हुन्छ । हामी एउटा निश्कर्षमा पुग्छौं ।’

    प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले) ले पनि सरकारले छिटो निर्वाचनको मिति घोषणा गर्नुपर्ने माग गरेको छ । निर्वाचन सार्न लागिएको भन्दै एमाले नेताहरुले आक्रोश पोखेका छन् ।

    images

    तर, प्रधानमन्त्री शेरबहादुर देउवाले भने निर्धारित मितिमै निर्वाचन हुने भन्दै त्यसबाट सरकार दायाँबायाँ नहुने स्पष्ट पार्दै आएका छन् । निर्वाचन आयोगले भने भने आगामी मंसिरको ४ गतेको लागि निर्वाचनको मिति सिफारिश गरेको छ ।