बुधबार, कार्तिक १९ गते २०८३
images
images

दिल्लीमा आरजूको सफल शल्यक्रिया

एक्सप्रेस पाना
श्रावण ९, २०७९ सोमबार
  • 359
    SHARES
  • दिल्लीमा आरजूको सफल शल्यक्रिया

    साउन ९ काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवापत्नी तथा कांग्रेस नेतृ आरजू राणा देउवाको शल्यक्रिया सफल भएको छ । भारतको नयाँदिल्लीस्थित ओन्कोसर्जरी म्याक्स अस्पतालमा उनको गाइनोसम्बन्धी सफल उपचार भएको हो । 

    images

    उनले आफ्नो शल्यक्रिया सफल भएपछि फेसबुकमा लेखेकी छन्, ‘मेरो सफल शल्यक्रिया र मेरो उपचारको लागि ओन्कोसर्जरी म्याक्स अस्पतालका अध्यक्ष प्रा.डा.हरित चतुर्वेदी र डा.कंकिता बत्रा मोदीलाई धन्यवाद ।’

    उनी उपचारको लागि भारतमै रहेको बेलामा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसँग भेटवार्ता गरेकी थिइन् । भेटवार्तामा प्रचण्ड र आरजु आगामी निर्वाचनपछि आलोपालो प्रधानमन्त्री बन्ने सहमति भएको भन्दै चर्चा भएको थियो ।  तर त्यसको प्रचण्डले स्वदेश फर्केर खण्डन गरिसकेका छन् ।

    images