आइतबार, कार्तिक १६ गते २०८३
images
images

लुकाइछिपाई ल्याएको १०४ किलो गाँजासहित ट्रक चालक पक्राउ 

एक्सप्रेस पाना
भाद्र ९, २०७८ बुधबार
  • 252
    SHARES
  • लुकाइछिपाई ल्याएको १०४ किलो गाँजासहित ट्रक चालक पक्राउ 

    भदौ ९ हेटौडा । मकवानपुरको थाहा नगरपालिका–३ दोबाटोबाट १०४ किलो गाँजासहित ट्रक र चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

    images

    जिल्लाको डाँडाखर्कबाट दामन–डाँडाबास सडक हुँदै त्रिभुवन राजपथतर्फ आउँदै गरेको ना ७ ख ७६६४ नम्बरको मिनी ट्रक रोकेर जाँच गर्दा सो ट्रकमा लोड गरेको आलुको बोराका बीच भागमा लुकाइछिपाई ल्याएको १०४ किलो गाँजा बरामद गरिएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रवक्ताले जानकारी दिए ।

    ट्रकमा गाँजा ल्याउँदै गरेको सूचनाका आधारमा हिजो मङ्गलबार साँझ प्रहरीले दोबाटोमा ट्रक रोकेर चेक जाँच गर्दा बोराको बीच भागमा आठ वटा पोकामा लागुऔषध गाँजा फेला परेको हो । गाँजा, ट्रक र ट्रकका चालक मकवानपुरगढी गाउँपालिका–८ बुढीचौरका ४१ वर्षीय अम्बरबहादुर घिसिङलाई नियन्त्रणमा लिएर अनुसन्धान गरिरहेको जिल्ला प्रहरी प्रवक्ताले जानकारी दिए ।

    images