आइतबार, कार्तिक १६ गते २०८३
images
images

चलचित्र विकास बोर्डमा भुवन केसी

एक्सप्रेस पाना
श्रावण १०, २०७९ मंगलबार
  • 614
    SHARES
  • चलचित्र विकास बोर्डमा भुवन केसी

    साउन १० काठमाडौं । अन्तत: सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले चलचित्र विकास बोर्डमा रिक्त रहेको अध्यक्ष पदका लागि अभिनेता, निर्माता तथा निर्देशक भुवन केसीलाई नियुक्त गरेको छ ।

    images

    आज बसेको मन्त्रीपरिषदको बैठकले अभिनेता केसीलाई आउँदो दुई वर्षको लागि बोर्ड अध्यक्षमा नियुक्त गरेको हो । दयाराम दाहालको कार्यकाल सकिएपछि रिक्त रहेको पदलाई पुर्णता दिइएको हो ।

    यसको घोषणा भने भोलि गर्ने तयारी भइरहेको छ । भुवनसँगै बोर्ड अध्यक्ष बन्ने दौडमा सम्झना उप्रेती रौनियार, नरेश पौडेल रहेका थिए ।

    images

  • सम्बन्धित विषय:

  • # कला