बुधबार, कार्तिक १९ गते २०८३
images
images

अनिवार्य मास्क लगाउन सांसदहरूलाई सभामुखको आग्रह

एक्सप्रेस पाना
श्रावण १०, २०७९ मंगलबार
  • 272
    SHARES
  • अनिवार्य मास्क लगाउन सांसदहरूलाई सभामुखको आग्रह

    साउन १० काठमाडौं । सभामुख अग्निप्रसाद सापकोटाले सांसदहरूलाई अनिवार्य मास्क लगाउन आग्रह गर्नुभएको छ । 

    images

    कोरोना सङ्क्रमण बढिरहेको भन्दै सभामुख सापकोटाले आज मङ्गलवार बसेको प्रतिनिधि सभाको बैठकमा सबै सांसदलाई मास्क लगाउन आग्रह गर्नुभएको हो । 

    सभामुखले बैठकमा भन्नुभयो, ‘कोभिड-१९ को सङ्क्रमण दर लगातार बढ्दै गइरहेको माननीय सदस्यहरूलाई विदितै छ, तसर्थ संसदका बैठकहरूमा उपस्थित हुँदा आवश्यक सतर्कता अपनाउन र मास्क प्रयोग गर्नुहुन म आग्रह गर्दछु ।’

    images