भदौ १० काठमाडौं । जल तथा मौसम विज्ञान विभागका अनुसार आज नेपालमा मनसुन थप सक्रिय हुने भएको छ । नेपालको पूर्वी तराईको भूभाग नजिक मनसुनको न्यून चापीय रेखा रहेको कारण विगत एक–दुई दिनअगाडि नेपालमा मनसुन केही सक्रिय रहेको जनाएको छ ।
हाल नेपालमा मनसुनी वायुको प्रभाव रहेको छ। मनसुनको न्युन चापिय रेखा नेपालको तराई भूभागको नजिक रहेकाले बिहीबार दिउँसो देशभर बदली रहने मौसम पूर्वानुमान महाशाखाले जानकारी दिएको छ।
महाशाखाका अनुसार दिउँसो धेरै स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना छ। प्रदेश १, २, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका थोरै स्थानमा मेघगर्जन, चट्याङसहित भारी वर्षाको सम्भावना पनि रहेको महाशाखाले नियमित बुलेटिनमा उल्लेख गरेको छ। प्रदेश २, गण्डकी र लुम्बिनी प्रदेशका एक वा दुई स्थानमा धेरै भारी वर्षाको सम्भावना पनि रहेको देखिन्छ ।
राति प्रदेश १, २, बागमती, गण्डकी, लुम्बिनी प्रदेशका थोरै र बाँकी प्रदेशका एक(दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको छ । प्रदेश १, २, गण्डकी र लुम्बिनी प्रदेशका एक वा दुई स्थानमा धेरै भारी वर्षाको सम्भावना रहेको छ।
शुक्रबार प्रदेश १, २, बागमती, गण्डकी तथा लुम्बिनी प्रदेशका केही र सुदूरपश्चिम तथा कर्णाली प्रदेशका एक-दुई स्थानमा भारी वर्षाको सम्भावना छ । ती प्रदेशका एक वा दुई स्थानमा धेरै भारी वर्षाको सम्भावना छ।
.jpg)


