आइतबार, कार्तिक १६ गते २०८३
images
images

मुख्यमन्त्री शेरधन राईले आज पदबाट राजीनामा दिने

एक्सप्रेस पाना
भाद्र १०, २०७८ बिहीबार
  • 335
    SHARES
  • मुख्यमन्त्री शेरधन राईले आज पदबाट राजीनामा दिने

    भदौ १० विराटनगर । प्रदेश १ का मुख्यमन्त्री शेरधन राईले आज पदबाट राजीनामा दिने संभावना बढेको छ । आज ११ बजे बोलाईएको नेकपा एमाले संसदीय दलको बैठमा राइले एमाले संसदीय दलको नेताबाट राजिनामा दिने तयारी गरेको बुझिएको छ ।

    images

    सोही बैठकले अर्का एमाले नेता भीम आचार्यलाई संसदीय दलको नेता चयन गर्ने जनाइएको छ । संसदीय दलको बैठकले आचार्यलाई नेता चयन गरेपछि मुख्यमन्त्री शेरधन राईले मूख्यमन्त्रीको पदबाट पनि राजिनामा दिने र आजै आचार्यले मुख्यमन्त्रीको सपथ लिने तयारी पनि भइरहेको छ ।

    ९३ सदस्यीय प्रदेश १ को प्रदेशसभामा एमाले एक्लैसँग ५१ सांसद छन् । जुन प्रदेशसभाको स्पष्ट बहुमत हो । एमालेलाई प्रदेशसभामा बहुमतका लागि ४७ सांसदको समर्थन आवश्यक पर्छ ।

    images

    प्रदेश १ मा एमालेबाट नेपाल नेतृत्वको नेकपा एकिकृत समाजवादीमा जाने सांसदको संख्या ९ जना रहेको भनिए पनि अहिले त्यो संख्या घटिसकेको बताईएको छ ।