आइतबार, कार्तिक १६ गते २०८३
images
images

बायर्नले गर्यो ब्रेमेरको पोस्टमा १२ गोलको बर्षा

एक्सप्रेस पाना
भाद्र १०, २०७८ बिहीबार
  • 226
    SHARES
  • बायर्नले गर्यो ब्रेमेरको पोस्टमा १२ गोलको बर्षा

    एजेन्सी । जर्मन च्याम्पियन बायर्न म्युनिखले जर्मन कप फुटबलमा फराकिलो जित निकालेको छ । 

    images

    गए राति भएको खेलमा बायर्नले तल्लो श्रेणीको ब्रेमेर एसभीमाथि १२-० गोल अन्तरको शानदार जित निकालेको हो ।

    धेरै जस्तो दोस्रो रोजाइका खेलाडीको साथ मैदान उत्रिएको म्युनिखलाई शानदार जित दिलाउनको लागि इरिक म्याक्सिम चुपो मोटिङ एक्लैले चार गोल गरे । उनले खेलको आठौं, २८ औं, ३५ औं र ८२ औं मिनेटमा गोलगरे ।

    images

    त्यस्तै म्युनिखको लागि जमाल मुसिएलाले २ तथा मालिक टिलमान, लिरोए साने, मिचेल कुइसेन्स, बोउना सार र कोरेन्टिन टोलीले समान एक एक गोल गरे भने एक गोल उपहार पाएको थियो । गोलको वर्षा भएको खेलमा बायर्नले पहिलो हाफमा ५ गोल गर्दा दोस्रो हाफमा ७ गोल थपेको थियो ।
    जमाल मुसिएलाले १६ औं र ४८ औं मिनेटमा गोल गरे । त्यस्तै टिलमानले ४७ औं, साने ६५ औं, कुइसेन्स ८० औं, सारले ८६ औं र कोरेन्टिन ८० औं मिनेटमा गोल गरेका थिए ।