बुधबार, कार्तिक १९ गते २०८३
images
images

अमेरिकी सहायक विदेशमन्त्री लु नेपाल आउँदै

एक्सप्रेस पाना
श्रावण १२, २०७९ बिहीबार
  • 347
    SHARES
  • अमेरिकी सहायक विदेशमन्त्री लु नेपाल आउँदै

    साउन १२ काठमाडौं । संयुक्त राज्य अमेरिकाका सहायक विदेशमन्त्री डोनाल्ड लु आज नेपाल आउँदै हुनुहुन्छ । सहायक विदेशमन्त्री लु आज साँझ काठमाडौं आइपुग्नुहुने नेपालस्थित अमेरिकी राजदूतावासले जनाएको छ । 

    images

    यसअघि पनि गत मङ्सिरमा नेपालको भ्रमण गरिसक्नुभएका उहाँ दुई दिनसम्म नेपालमा रहनुहुने र विभिन्न भेटवार्ता तथा कार्यक्रममा सहभागी हुनुहुने स्रोतले जनाएको छ । 

    सहायक विदेशमन्त्री लुले प्रधानमन्त्री शेरबहादुर देउवा र परराष्ट्रमन्त्री डा.नारायण खड्कासँग भेटवार्ता गर्नुका साथै काठमाडौंमा हुने एक अवार्ड वितरण कार्यक्रममा सहभागी हुनुहुने बुझिएको छ । 

    images