बुधबार, कार्तिक १९ गते २०८३
images
images

रवि लामिछानेलाई टक्कर दिनेगरि उनकै निर्वाचन क्षेत्रबाट आए यी चर्चित पत्रकार

एक्सप्रेस पाना
श्रावण १२, २०७९ बिहीबार
  • 403
    SHARES
  • रवि लामिछानेलाई टक्कर दिनेगरि उनकै निर्वाचन क्षेत्रबाट आए यी चर्चित पत्रकार

    साउन १२ काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने प्रतिनिधिसभा चुनावको तयारीमा जुटेका बेला अर्का चर्चित पत्रकार खेम भण्डारीले टक्कर दिएका छन् । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति लामिछाने निर्वाचन लड्ने क्षेत्रबाटै उनले पनि उम्मेदवारी दिने घोषणा गरेका छन् ।

    images

    भण्डारीले सामाजिक सञ्जाल फेसबुकबाट अगामी संघीय चुनावमा लामिछाने लडे निर्वाचन क्षेत्रमा उम्मेदवारी दिने उद्घोष गरेका हुन् । ‘अन्ततः रवि लामिछानेविरुद्ध संघीय चुनाव लड्ने निर्णयमा पुगियो १ नेपालको जुन निर्वाचन क्षेत्रमा रवि लडे पनि मेरो उम्मेदवारी रहन्छ,’ भण्डारीले लेखेका छन् ।

    उनले निर्मला हत्या प्रकरणमा लामिछानेले गलत भूमिका खेलेको आरोप लगाउँदै त्यसलाई नै चुनावी एजेन्डा बनाउने समेत बताए । विगतमा समेत निर्म’लाको ह’त्यामा ‘भीआईपी’को हात रहेको दाबी गर्दै आएका भण्डारीले रवि लामिछानेले भीआईपीलाई बचाउन खोजेको आरोप पनि लगाए ।

    images

    हालै राष्ट्रिय स्वतन्त्र पार्टी दर्ता गरेका लामिछाने सो दलका सभापति हुन् भने न्यूनतम पारिश्रमिक निर्धारण समितिका पूर्वअध्यक्ष भण्डारी माधव नेपाल नेतृत्वको नेकपा (एकीकृत समाजवादी) मा आवद्ध छन्।