आइतबार, कार्तिक १६ गते २०८३
images
images

सयपत्री हाइड्रोपावरले भोलिदेखि ७ लाख २१ हजार कित्ता आईपीओ निष्कासन गर्दै, कसरी दिने आवेदन?

एक्सप्रेस पाना
श्रावण १२, २०७९ बिहीबार
  • 456
    SHARES
  • सयपत्री हाइड्रोपावरले भोलिदेखि ७ लाख २१ हजार कित्ता आईपीओ निष्कासन गर्दै, कसरी दिने आवेदन?

    साउन १२ काठमाडौं । सयपत्री हाइड्रोपावर लिमिटेडले भोलि शुक्रवार (साउन १३ गते) देखि आईपीओ निष्कासन गर्ने भएको छ ।

    images

    कम्पनीले आयोजना प्रभावित स्थानीयले नकिनेको १ लाख २१ हजार ६० कित्तासमेत थप गरी कुल ७ लाख २१ हजार ६० कित्ता शेयर निष्कासन गर्न लागेको हो । यसमध्ये ५ प्रतिशत अर्थात ३६ हजार ५३ कित्ता शेयर समूहिक लगानी कोष र २ प्रतिशत अर्थात १४ हजार ४२१ कित्ता शेयर कम्पनीका कर्मचारीहरूका लागि छुट्याइएको छ । 

    बाँकी ६ लाख ७० हजार ५८६ कित्ता शेयरमा सर्वसाधारणले आवेदन दिन सक्ने कम्पनीले जानकारी दिएको छ । यसमा प्रतिकित्ता १०० रुपैयाँको दरले न्यूनतम १० कित्तादेखि अधिकतम ३० हजार कित्तासम्म आवेदन दिन सकिन्छ । साउन १७ गतेसम्म आवेदन दिन पाइनेछ । हाल कम्पनीको चुक्ता पूँजी २१ करोड रहेको छ । आईपीओ निष्कासन बाँडफाँटपश्चात् पूँजी ३० करोड पुग्नेछ । 

    images

    उक्त समयमा सबै शेयर विक्री नभएमा भने साउन २७ गतेसम्म खुला रहनेछ । आईपीओमा सीआस्वा सदस्य रहेका सबै बैंक तथा वित्तीय संस्था र तिनका शाखा कार्यालयहरुबाट आवेदन दिन सकिनेछ । साथै, मेरो शेयरमार्फत अनलाइनबाट पनि आवेदन दिन सकिनेछ । यो आईपीओको विक्री प्रबन्धकमा एनआईबीएल एस क्यापिटल रहेको छ ।